अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

सिट बाँडफाँटको काम १० प्रतिशत मात्र बाँकी: झलनाथ खनाल

बिआरटीनेपाल २०७९ भदौ २५ गते ६:११ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले सहमतिका लागि १० प्रतिशत काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले आइतबारसम्ममा सिट बाँडफाँटको टुङ्गो लाग्ने दावी गर्नुभयो । उहाँले एमाले, राप्रपा र पाँच दलीय गठबन्धनकाबीचमा चुनाव हुने बताउनुभयो ।

उहाँले मुलुकमा बाम एकताको खाँचो रहेपनि केही व्यक्तिका कारण पूरा हुन नसकेको समेत बताउनुभयाे । नेता खनालले बाम शक्ति विभाजन हुनु दुःखद भएको भन्दै एकता नहुँदा अवसरहरू गुमाउँदै गएको उल्लेख गर्नुभयाे ।अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको पनि बताउनुभयाे । उहाँले विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति आपत्ति जनाउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू