अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट, बजार काराेबार १ अर्ब २९ कराेडमा सिमित

बिआरटीनेपाल २०७९ भदौ १० गते ८:०१ मा प्रकाशित

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो ।

प्रतिक्रिया