अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

कोरोनाबाट एकैदिन ३ जनाको मृत्यु, ४४४ जना संक्रमित

बिआरटीनेपाल २०७९ भदौ ९ गते ७:२५ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ९ सय ९६ जनाको पीसीआर र २ हजार ९ सय ५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू