अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:१४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।

गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते समाजवादीले पार्टी दर्ता प्रमाणपत्र पाएको थियो । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पार्टी पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।

उहााले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको भन्दै २ लाख बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू