अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

महानगरपालिकाले काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटायाे

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:१३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटाएको छ ।बुधबार बिहान महानगरपालिका मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सोही स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेकाे छ । यो भवन भाडामा लिएकाहरुले अनाधिकृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए । जसका कारण भूमिगत पार्किङमा समस्या थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू