अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

बिआरटीनेपाल २०७९ असार ३० गते ७:२६ मा प्रकाशित

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएकाे संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ ।

कांग्रेस सांसद भुसालले बिहीवार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ । आउँदाे आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबिन गर्न गएकाे असार २२ गते विशेष समिति बनाइएकाे थियाे । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका चार जनासहित ११ सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू