अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

नागरिकता विधेयक पारितका लागि सहयोग गर्न सांसदहरुलाई गृहमन्त्री खाणकाे आग्रह

बिआरटीनेपाल २०७९ असार २९ गते ७:३८ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै विधेयक पारित गर्न सहयोग ‍गर्न उहाँले सांसदहरुलाई अनुरोध गर्नु भएको हो।

आजकाे प्रतिनिधि सभा बैठकमा विधेयक देशको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए ।मन्त्री खाणले संविधानको प्रावधान अनुसार अघि बढाएको विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याउनु भयो ।

गृहमन्त्री खाणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यहीअनुसार विधेयक सरकारले ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको प्रावधान अनुसार नै सरकारले यो विधेयकलाई अघि बढाएको हो । नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौँ । याे विषयलाई संवेदनशील रुपमा लिँदै यो विधेयकलाई अगाडि बढाउने क्रममा सांसदहरुकाे पनि साथ र सहयोगका लागि आग्रह गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू