अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघ्यो, थप २ सय ६ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७९ असार २९ गते ७:१९ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ६ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । २४ घण्टामा ४५ जना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ६३ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू