अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

सीपीसीका विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ असार २८ गते ८:१३ मा प्रकाशित

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।बालकोटस्थित ओली निवासमा मंगलवार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आउनुभएको थियो । काठमाडौं आएकै दिन उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । यस्तै सोमबार उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो ।

बुधबार स्वदेश फर्किनुअघि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू