अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

अनेसासका महेश्वर शर्मालाई भानु अवार्ड

बिआरटीनेपाल २०७९ जेठ २८ गते १२:५८ मा प्रकाशित

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अस्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् ।

नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना ,गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अस्ट्रेलियन सरकारको सहयोगमा ११ जुन २०२२ शनिवार सिड्नीमा गरिएको कार्यक्रमको पहिलो सेसन अन्तर्गत भानु जयन्ती कार्यक्रममा शर्मालाई अवार्ड प्रदान गरिएको हो ।

सो कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष सुजाता केसी, नेपाली समुदायका अगुवा सो कार्यक्रमका प्रमुख अतिथि डा. नारायण प्रधान, अडर अफ अस्ट्रेलियाबाट विभूषित ईन्द्रा वन गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य स्टेट कोर्डिनेटर देव गुरुङ, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व अध्यक्ष रवीन्द्रकुमार शर्मा लगायतले अवार्ड प्रदान गरेका थिए। देवदह रुपन्देहीका शर्मा हाल अस्ट्रेलियामा बस्दै आएका छन् ।

वि.सं २०७४ मा उनको कविता सङ्ग्रह “प्रवासका जूनहरू” तथा दुई वटा गीत मुटुभरि देश बोकी” र ” जादु ” रिलिज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू