अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

लागू ! !

युवराज मैनाली २०७९ जेठ २२ गते १६:२४ मा प्रकाशित

सचिन अध्ययन सकेर जागिरदार बन्यो। उसले सोच्यो-“मसँग साहित्यिक अनुभूति छ।म लेख्छु,साहित्यकार बन्छु।जीवन बँचाउन केही त गर्नै पर्छ।साहित्य त केवल सुखानुभूति हो।”

नभन्दै उसले एनजिओमा कामको अवसर पायो।अथाह पुँजी कमायो।उसले तुरुन्त मनलाई अर्कैतिर बढी मोड्यो र मनमा जन्मायो-“म निवृत्त भई सकेँ।छोराछोरी डाक्टर,इन्जिनियर भई सके।बाबुआमा डाँडा काटी सके।जहानको सेवा अवधि छँदै छ।मैले अब नातिनातिना खेलाएर बसे पनि हुने तर बस्न सकिएला र? भो,केही त गर्नै पर्छ।घुँडाको बाथले के नै लछार्छ र!इच्छा हो मान्छेलाई उमेरले केही गर्दैन।राजनीति,सामाजिक कार्य, सङ्घसंस्था, साहित्यिकलेखन यी त उमेर ढल्के पनि आफ्नै त हुन्।”यही मनस्थितिले सर्वत्र छायो,रिँगटा लाग्ने गरी छाइरहेकै छ सबैतिर।

शरीरले साथ नदिए पनि ऊ नपुगेको कहीँ हुन्न।आँखाले काम गर्न छाडे पनि ऊ भन्छ-“मलाई पुस्तकको सोख छ,घस्रिएर भए पनि पुग्छु ती पसलमा जहाँ पुस्तकहरू छन्,लागू पदार्थको लत छैन,खानेलाई खुवाउँछु,मादक पदार्थ सेवन नगरे पनि रिसको झोक भने मसँग दुर्वासा अलि कम पर्छन्।मसँग झोलाभरि पुस्तक छन्,चियापान गराएर भए पनि पुस्तक पसलेलाई लट्ठ्याउन सक्छु,पैसा पो किन तिर्ने?एक न एक पुस्तक चिया पियाउँदा पियाउँदै म झोलामा घुसार्न भ्याइहाल्छु,पुस्तक जसरी भए पनि बटुल्नु पाप पनि त होइन।”

आदतको दास बनेको सचिन घरबाट निस्कने समयसमेत पसलेलाई थाहा भई सकेको छ।पढ्न नभ्याए पनि नपढे पनि जम्मा गर्ने,कोठा भर्ने रोग लागेकाले पसलेले भन्न थालिसके-“आयो दुर्व्यसनी,पुस्तक गनौँ एक..दुई….तीन…सय…हजार…लाख…??