अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

‘काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सहकार्य गरौं’- नवनिर्वाचित मेयर बालेन्द्र साह

बिआरटीनेपाल २०७९ जेठ १३ गते ६:३१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले काठमाडौं महानगरपालिकालाई विश्वस्तरीय बनाउन चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको साहले बताउनुभयो ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ’, उहाँले भन्नुभयो, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

उहाँले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताउनुभयो । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू