अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक, परमादेश जारी

बिआरटीनेपाल २०७९ जेठ १२ गते ८:३६ मा प्रकाशित

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका अहिलेसम्मका निर्णय बदर हुने आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडेर क्षेत्रीले विमानस्थल बनाउन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार इजलासले ऐन कानुन र वातावरण सम्बन्धी विधिशास्त्र हेरेर विकल्पबारे निर्णय गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्चका प्रवक्ताका अनुसार नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न सरकारलाई आदेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू