अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

स्थानीय तह निर्वाचन : देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल

बिआरटीनेपाल २०७९ जेठ १२ गते ८:२८ मा प्रकाशित

स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा एमालेलाई उछिन्दै नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । जनता समाजवादी पार्टी भने मधेशमै तेस्रो दलमा खुम्चिएको छ ।

हालसम्म ७४९ पालिकाको नतिजा सार्वजनिक भएको छ भने चार वटा पालिकाको मात्रै मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।मतगणना जारी रहेका पालिकामध्ये कांग्रेस दुई ठाउँमा अगाडि छ भने स्वतन्त्र उम्मेदवार एक ठाउँमा अगाडि छन् । बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना हुन सकेको छैन ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसले ३२७ पालिका जित्दा नेकपा एमाले २०५ पालिका प्रमुख पद जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमुख जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् । सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक–एक स्थानीय तह जितेका छन् । धरान, धनगढी, जनकपुर लगायतका १२ वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू