अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

निर्वाचन आचारसंहिताको पालनामा ध्यान दिन दलहरुलाई प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७८ चैत २९ गते ९:१४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनामा ध्यान दिन आग्रह गर्नु भएको छ । मंगलवार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले  निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन सबैलाई आग्रह गर्नु भएको हो । आगामी दिनमा सरकारी कार्यक्रमहरू आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भूमाफियाहरूले काठमाडौं उपत्यकामा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंमा खाली ठाउँनै नहुने गरी जग्गा हडपिएको बताउनु भएको हो । खाली ठाउँ सबै आफ्नो नाममा गन क्रम बढेको भन्दै उहाँले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहकोे बताउनुभयो । प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरू गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू