अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

एमालेले वैशाख ९ गते घोषणापत्र जारी गर्ने, सुझाव संकलन सकियो

बिआरटीनेपाल २०७८ चैत २९ गते ७:५३ मा प्रकाशित

नेकपा (एमाले)ले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंगलबार पार्टीका नेताहरूले बुझाएको सुझावपत्र ग्रहण गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनुभयो ।संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई असर नपर्ने गरी घोषणा पत्र आउने उहाँको भनाइ छ ।

विगतमा गरेका कामको समीक्षा गर्दै एमालेले अब गर्ने काम जनताले बुझ्ने गरी घोषणा पत्रमा समावेश गर्ने पोखरेलले बताउनुभयो ।एमालेले जारी गर्ने स्थानीय तह निर्वाचनको घोषणापत्र दुई किसिमका हुने उहाँले जानकारी दिनुभयो ।

केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारे उल्लेख हुने उहाँले बताउनुभयो ।

यस्तै, केन्द्रीय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू