अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:१३ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । देशभरिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यस अभियान पछि अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिनुभयो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू