अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

निर्वाचन आचारसंहिता कडाईका साथ लागु गरिने– प्रमुख निर्वाचन आयुक्त थपलिया

बिआरटीनेपाल २०७८ चैत १४ गते ७:५९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय निर्वाचनमा आचार संहिता कडाइका साथ लागू गरिने बताउनुभएको छ । धनगढीमा आज आयोजना गरिएको निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग लागिपरेको बताउनुभयो ।

त्यसका लागि निर्वाचन आचार संहिता पालनामा कडाई गरिने थपलियाको भनाई थियो । साथै उहाँले आचार संहिताको पालना गर्नु निर्वाचनमा सहभागी सबैको दायित्व भएको पनि बताउनुभयो । निर्वाचन आचार संहिता सम्बन्धीको विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अदालतबाट व्याख्यासहित निकास आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू