अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन्- माधव नेपाल

बिआरटीनेपाल २०७८ चैत १४ गते ७:५८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताउनुभएको छ ।सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको भन्दै तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि आफूले उनीहरूबाट धोका पाएको बताउनुभयो । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा अहिलेपनि निरीह भएर बसेको टिप्पणी गर्नुभयो । उनीहरूलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उहाँले आफूहरू त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताउनुभयो । एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने नेपालको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू