अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

बालुवाटारमा प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष भट्टराईबीच भेट

बिआरटीनेपाल २०७८ फागुन १२ गते ७:२२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

जसपामा एमसिसीलाई लिएर प्रष्ट धारणा सार्वजनिक भइसकेको छैन। भट्टराई एमसिसी पारित गर्ने पक्षमा रहनुभएको छ भने अर्का अध्यक्ष उपेन्द्र यादवले खुलेर समर्थन गरेका छैनन्।

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तीव्रता दिनुभएको छ । यसअघि उहाँ र प्रमुख प्रतिपक्षी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। यस्तै देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू