अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

देशभर थपिए ३ सय १८ नयाँ सङ्क्रमित, थप १ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:२२ मा प्रकाशित

नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ३१ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ३ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ७ हजार ७ सय ४३ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ५ सय ८ आरटी पिसिआर विधिबाट १ सय ५१ र २ हजार २ सय ३५ एन्टीजेन परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७६ हजार ५ सय १२ र एन्टीजेन विधिबाट १ लाख ३९ हजार १ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ५ सय ६२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङक्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ५४ हजार ९ सय ३ पुगेको छ । गत २४ घन्टामा देशभर १ लाख १५ हजार ४ सय ६ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ६ सय ७८ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू