अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

दल दर्ताका लागि ७ दिनमा २९ दलले मात्रै दिए निवेदन

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:१९ मा प्रकाशित

निवार्चन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि गरेको दल दर्ताको आह्वान अन्तर्गत हालसम्म २९ वटा दलले मात्र दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । जसमा १० वटा दल भने दर्ता भईसकेका छन् भने बाकी १९ वटा दल दर्ताको प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले गत फागुन ५ गतेदेखि १५ गतेसम्म लागि दल दर्ताको लागि आयोगले आह्वान गरेको छ ।

यस्तै आयोगले आज निर्वाचनमा खटिने जनशक्तिहरूको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले बीमाका लागि सम्बन्धित बीमा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरेको छ । निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति बीमाङ्क रकम २० लाखको बीमा गर्न हिजो सूचना प्रकाशन गरेर सम्बन्धित बीमा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग प्रवक्ता शर्मा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू