अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

राष्ट्रघाती काम गरेको आरोपमा क्युवामा ७ सय बढीबिरुद्ध मुद्दा दायर

बिआरटीनेपाल २०७८ माघ १३ गते ६:५० मा प्रकाशित

शान्ति सुरक्षा बिथोलेर राष्ट्रघाती काम गरेको आरोपमा क्यु वामा ७ सय भन्दा बढीबिरुद्ध मुद्दा दायर गरिएको छ । गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने उनीहरुलाई सार्वजनिक प्रशासन कार्यालले मुद्दा दायर गरेको हो ।यसअघि पनि यही विषयलाई लिएर १७२ जनालाई मुद्दा चलाएर सजाय तोकिएको थियो ।

यता, मानव अधिकारवादी अभियन्ताहरूले भने मुद्दा पक्षपातपूर्ण भएको भन्दै आलोचना गरेका छन् । मुद्दा दायर गरिएकाहरू ५५ देखि १६ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।दसकौंपछि भएको क्युवाको सबैभन्दा ठूलो विरोध प्रदर्शनको क्रममा सयौं सर्वसाधारण पक्राउ परेका थिए ।

गत वर्षको जुलाईमा कम्युनिस्ट टापु राष्ट्र क्युवामा खाद्यान्न तथा औषधिको अभाव, मूल्युवृद्धि र कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भएको सरकारी प्रयास प्रति असन्तुष्टि जनाउँदै हजारौं जनताले सडक प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू