अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो – नेपाल सरकार

कालापानी क्षेत्रमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई आग्रह

बिआरटीनेपाल २०७८ माघ २ गते ६:२७ मा प्रकाशित

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण नगर्न र भैरहेको सडक विस्तार रोक्न आग्रह गरेको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै ऐतिहासिक सन्धी सम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सबैखाले विवाद हल गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू