अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ टिजर सार्वजनिक

बिआरटीनेपाल २०७८ पुष १७ गते १९:५२ मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ। टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । मार्च १८, २०२२ मा प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक दिनेश पाल्पाली हुन् । उनले आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा चलचित्रमा प्रस्तुत गरेको बताएका छन् ।

चलचित्रमा निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, दिव्य देव, नवीन लम्साल, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । चलचित्रको सह-निर्मातामा भने रुपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन् ।

चलचित्रको लेखन, निर्देशन र चलचित्रको गीत लेखन दिनेशले गरेका छन् । चलचित्रमा सङ्गीत गायक अजर जंगमको रहेको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया