अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट कोरोना सङ्क्रमित

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:४६ मा प्रकाशित

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री मोरिसन गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री मोरिसनको कार्यालयले उहाँमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यक्रमबाटै उहाँमा कोरोना सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री मोरिसन आइसोलेसनमा बस्नुभएको छ । यसैबीच, अष्ट्रेलियाले आजदेखि पूर्णखोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ । पूर्णखोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो । यसबाट अष्ट्रेलियामा अध्ययन गरिरहेका र गर्न जाने नेपाली विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू