अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

मनोज मुकुन्द नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:२० मा प्रकाशित

भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त हुनुभएको छ । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि भारतीय सेनाको सर्वोच्च पद खाली भएको थियो । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहनु भएको थियो ।

भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ हुनु भएको छ । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध हुनुुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू