अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

अनेसास नेपाल च्याप्टरले ११३ औँ देवकोटा जन्म जयन्तीको अवसरमा कवि गोष्ठी कार्यक्रम

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ९:५५ मा प्रकाशित

काठमाण्डौं । २०७८ साल कार्तिक १७ गतेका दिन अनेसास नेपाल च्याप्टरले ११३ औँ देवकोटा जन्म जयन्तीको अवसरमा एक भव्य समारोहबिच कवि गोष्ठी कार्यक्रम आयोजना गर्‍यो । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्री हुनुहुन्थ्यो ।

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्रा.डा.खगेन्द्र लुइटेल र प्रा.डा.मुमुक्षुले महाकवि देवकोटाको बारेमा प्रकाश पार्नुभयो । गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, बोस्टर्न च्याप्टरका अध्यक्ष दीपा राई, अनेसास केन्द्रका सचिव विमला निरौला, कन्सास च्याप्टर (अमेरिका)का अध्यक्ष कमला न्यौपाने, मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराई, च्याप्टरका पदाधिकारीहरू लगायत अन्य आमन्त्रित अतिथिहरूको महत्त्वपूर्ण उपस्थितिमा विभिन्न कविहरूको कविता वाचन सहित देवकोटाको उज्यालो छविलाई सम्झिने निकै सुन्दर र स्मरणीय कार्यक्रम भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू