अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको सम्झौता नविकरण

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:४७ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालसँगको सम्झौता नविकरण गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग थप दुई वर्षको सम्झौता नवीकरण गर्नुभएको छ ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताउनुभएको छ । नेपालको फुटबलको भविष्य राम्रो हुने तर आफूहरूलाई त्यसका लागि समय चाहिने उहाँको भनाइ छ । उहाँले हामीलाई सहयोग गर्नुहोस र हामीमा विश्वास गर्नुहोस भन्दै सबैसँग अपिलपनि गर्नुभएको छ ।

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू