अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

आगामी मंसिरमा काठमाण्डौंमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५६ मा प्रकाशित

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गते सम्म काठमाडौंमा नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुननिर्माण तथा पुनस्र्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पन्न गरेको छ ।

केही बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू