अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

रातोमुख

युवराज मैनाली २०७८ भदौ २८ गते १०:१४ मा प्रकाशित

सुरेश सरासर मन्त्रालय पुग्यो ।

गाउँमा सुनेअनुसार सुरेन अधिकृत थियो र सुरेशलाई लोकसेवा परीक्षाको लागि प्रमाणपत्रहरूमा प्रमाणित गर्न सजिलो पर्ने थियो । उसले मन्त्रालयका सबै कोठाहरू चहार्‍यो । सुरेनको नेमप्लेट पनि देखेन र उसलाई पनि भेटेन ।

सुरेश उपसचिवको कोठामा पस्यो र नमस्कार गर्दै सोध्यो–‘सर अधिकृत सुरेन सरको कोठा कता होला ?‘

उपसचिवले भन्नुभयो –‘तपाईँलाई भ्रम भएछ । वहाँ अधिकृत होइन खरिदार हो ।’

उनले सहयोगीलाई बोलाएर सुरेनलाई भेट्न पठाइदिए । सुरेन कुनै सहसचिवका पी.ए थिए । सुरेशले भेट्यो र भन्यो–तपाइ अधिकृत सुरेन होइन र ? यो सुनेर सुरेनको मुख रातो भयो । तैपनि ऊ सहज भएर बोल्यो –‘गाउँमा मलाई उटपट्याङ केटाहरूले उडाए होलान् । तपाईँलाई भ्रम भयो । यसरी भ्रम पाल्ने जीवनको परीक्षामा सफल हुँदैन । म अधिकृत नभएर के भयो ? गाउँदेखि तपाइ खोज्दै आउनु भयो, भत्रुहोस् म तपाईँलाई के सहयोग गर्न सक्छु ?’ यो सुनेर सुरेश रातो मुख गर्दै सुरेनलाई हेरिरह्यो ।