अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

अपुग

नवीन मनोहर २०७८ असार १६ गते ७:४२ मा प्रकाशित

कविता

पुग्दैन
कसैलाई पनि
पुग्दैन
धनले
मानले
यशले
कीर्तिले
प्रतापले,

सधैँ अपुग हुन्छ
मानिसकालागि
सत्ता
भत्ता
र प्रमत्ता,

खोजी गर्छन् सबै सबै
यही हराएका चिजहरू
नियाल्छन् सबै सबै
यिनै बिर्सिएका सन्दर्भहरू
कुराहरू र कुम्ला कुटुराहरू,

दिगो छैन
यो संसार
घुमिरहन्छ
कुमालेको चक्रर्झैँ
फन्फनी
त्यसैले त अपुग छ भरिनेलाई पनि
त्यसैले त अपुग छ रित्तोलाई पनि ।।

प्रतिक्रिया