अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

पुरुषार्थ

युवराज मैनाली २०७८ असार १३ गते ८:५२ मा प्रकाशित

लघुकथा

हद तोकियो ।
हदै तोक्ने अरू होइन– हदका तर्जुमाकार नै अग्रगामी रहे ।
स्वर्णमृगको उत्कण्ठामा सीताहरूले कोरिएका रेखा नाघे ।

परिणामतः हरणकर्ता रावणहरूको जगजगी बढे । जमाना बदलियो । अब त सीताहरुमात्र होइन– स्वर्णमृगका तृष्णामा राम–लक्ष्मणहरू पनि सीमारेखा नाघ्दैछन् । हद तोडिँदैछन् । परिणामतः तर्जुमाकारहरुलाई पनि माथ गरेर सीमा तोडिँदैछन् । बार भत्काइँदैछ । भएको यही छ पुरुषार्थ ।