अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

प्रधानसेनापति पूर्णचन्द्र थापालाई चिठ्ठी

राकेश कुमार शर्मा २०७८ असार ३ गते ६:२१ मा प्रकाशित

प्रधानसेनापति पूर्णचन्द्र थापा ज्यु
सैनिक मुख्यालय
जङ्गी अड्डा भद्रकाली
काठमाडौँ (नेपाल)

मिति:२०७८/०३/०२

विषय:प्रधानसेनापति ज्यु मुलुकको शक्ति नै सेनाहरू हो । यस कारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ ।

प्रधानसेनापति ज्यु मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ । प्रधानसेनापति ज्यु अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता रहेको छ । प्रधानसेनापति ज्यु सेनाहरू प्रजातान्त्रिक ढङ्गले कसरी अघि बढ्ने भन्ने बारे मैले विस्तृत योजना, खाका र दीर्घकालीन दूरदर्शी सोच तैयार पारेको कुरा अवगत गराउन चाहन्छु । प्रधानसेनापति ज्यु मुलुक असफलता तर्फ गइरहेको अवस्था छ । समयमा सेनाहरूको ध्यानाकर्षण होस ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०७८ साल जेठ दोस्रो पटक संसद् विघटन पछि सर्वोच्च अदालतमा संसद् पुनः स्थापनाको रिट दर्ताको केही दिन पछि सुनवाइको क्रममा न्यायालयमा वरिष्ठ अधिवक्ताहरूको प्रहार र हस्तक्षेपले न्यायालयमा समेत अब सङ्कट र थप चुनौती आएको छ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनः स्थापनाको रिट परेको केही दिनपछि वरिष्ठ अधिवक्ताहरूले सर्वोच्च अदालतलाई कब्जा गरे । सर्वोच्च अदालतमा साबिक राखिएको केही न्यायाधीशहरुलाई हटाएर वरिष्ठ अधिवक्ताहरूले भने बमोजिम फेरबदल गरी न्यायाधीश राखिएको छ । यो कहीँ नभएको हाँडी गाउँको जात्रा भने जस्तै हाम्रो मुलुकमा भएको छ । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ताहरूले न्यायाधीश फेरबदल गरी राख्ने प्रक्रियाले अब यसको प्रभाव र असर पुनरावेदन अदालतहरू र जिल्ला अदालतहरूमा समेत पर्ने देखिन्छ । यस प्रकार न्यायालयमा हस्तक्षेप र प्रहार भई न्यायालयमा सङ्कट तथा थप चुनौती आइपरेको छ ।

प्रधानसेनापति ज्यु, के.पी.शर्मा ओली नेतृत्वको सरकार मेडिकल माफियाहरू सँगको मिलेमतोमा दोस्रो कोरोना भाइरस सङ्क्रमणको अवस्थामा सक्कली र नक्कली औषधिमा ब्रह्मलुट गरेको कुराहरू सुन्नमा आएको छ । मुलुकमा ल्याउने खोपहरूमा समेत कमिसनको कुराहरू बाहिरिएको छ ।

प्रधानसेनापति ज्यु कोरोना भाइरस सङ्क्रमणको महामारीमा नेताहरूलाई सत्ताको लागि हानथाप र राजनीतिक गर्दैमा फुर्सद छैन । प्रधानसेनापति ज्यु कोरोनाको महामारीमा जनताहरूको स्वास्थ्य सँग खेलबाड भइरहेको छ ।

प्रधानसेनापति ज्यु, मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको सङ्कटको समयमा नेताहरूको बिच सत्तालाई लिएर सत्ता स्वार्थ खेल, मोहको झैँ झगडा सत्ता जोगाउने र ढाल्ने खेल भयो । मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरू स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरू अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन । मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भइरहेको । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन् ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन् । यस प्रकार नेताहरू असक्षम र असफल साबित भएका छन् । मुलुकमा कोरोना भाइरस सङ्क्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरूको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ । पहिलो चरणको कोरोना भाइरस सङ्क्रमणमा पनि खाद्यान्न सामग्रीहरूमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरू र ग्यासहरू लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत् अपनाइएको छ । बिरामीहरू अस्पतालहरुमा समयमा भर्ना, उपचार र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । मेडिकल माफिया र केही औषधि पसले हरुले कोरोना भाइरस सङ्क्रमणको नक्कली औषधिको बढी मूल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ । अब ल्याउने खोपमा पनि कमिसनको कुरा आएको छ कुरा सुनिएको छ । प्रधानसेनापति ज्यु मुलुकमा बिजोग छ बिजोग अवस्था ।

प्रधानसेनापति ज्यु कोरोना महामारीको जटिल अवस्थामा नेताहरूको बिच सत्तालाई लिएर पटक पटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेको छ । कोरोना सङ्क्रमणको महामारीमा नेताहरूको मोज मस्ती छ । प्रधानसेनापति ज्यु, नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ । सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ, रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरूको सलाम खान पाइन्छ । मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ । अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरू उपलब्ध हुन्छ ।

प्रधानसेनापति ज्यु, मुलुकमा काँग्रेस, कम्युनिस्ट र जसपा लगायतका दलको सरकार फेरबदल भए पनि के.पी.शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बने पनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस् । प्रधानसेनापति ज्यु नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मञ्चन देखि सकियो । प्रधानसेनापति ज्यु नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात् नेताहरूको नाटक मञ्चनको प्रक्रिया सुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिँदैन ।

प्रधानसेनापति ज्यु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका, चीन र रुस लगायतका मुलुकलाई भनिन्छ । हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुट्ने मात्र काम गरे । सङ्घीयता भारत, अमेरिका, चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ । हाम्रो मुलुक विहार राज्यको पटना जत्रो सानो छ । हाम्रो मुलुकको लागि सङ्घीयता अफाब छ । सङ्घीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । नेताहरूले मुलुकलाई निकास दिन सकेनन् । मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ । प्रधानसेनापति ज्यु मुलुक दुर्घटनामा पर्न गयो भने सबै जना पर्ने हो यो कुरालाई सेनाहरूले पनि मनन गर्नुपर्ने हुन्छ । यस कारण प्रधानसेनापति ज्यु मेरो भनाइहरू तर्फ सेनाहरूको ध्यानाकर्षण होस अनुरोध छ ।

प्रधानसेनापति ज्यु, लेबनान, सिक्किम, फिँजी, सोमालिया, अफगानिस्तान, सिरिया, सुडान, हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरूको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ ।

प्रेषक स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया