अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

नेपालका नागरिकहरू मासु, भात, रक्सीमा बिकाऊ

राकेश कुमार शर्मा २०७६ पुष १० गते १:०९ मा प्रकाशित

नेपालका नागरिकहरू मासु, भात, रक्सीमा बिकाऊ र ताक परे तिवारी नत्र गोतामे जस्तो स्वार्थी र अवसरवादी छन् । हाम्रो मुलुक नेपालका नागरिकहरू ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी,अवसरवादी र मासु, भात, दारु(रक्सी) मा बिकाऊ छन् । यस कारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो ।

स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सही सिद्धान्त र सही विचार बोकेका व्यक्ति थिए । मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे । रिस,डाह र बिकाऊ प्रवृत्तिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन् । तर मदन भण्डारीको सही सिद्धान्त, सही विचार र देश भक्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन ।

स्वर्गीय श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको वंश विनाश पनि राष्ट्रप्रतिको भक्ति भाव राष्ट्रवादी र बफादारी कै कारण भएको हो । स्वर्गीय श्री ५ दीपेन्द्र वीर विक्रम शाहलाई हत्यारा बनाइयो र दीपेन्द्र हत्यारा हो भनेर झुठो प्रचार गरियो तर दीपेन्द्र हत्यारा होइन सर्वप्रथम दीपेन्द्रको हत्या गरेपछि दीपेन्द्रको नक्कली मुकुन्डो लगाएर मार्ने काम भएको छ । वीरेन्द्रको वंश विनाशमा काँग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केही नेताहरूको सहभागिता छ ।

स्वर्गीय वीरेन्द्र शाहको वंश विनाश पश्चात् बाध्यता पूर्वक श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह समयानुकूल चल्नुपर्ने थियो । तर श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह चाहिँदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो । डलर र पाउन्डमा बिकाऊ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओ शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको ठुलो भुल र गल्ती थियो ?

प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीका पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरू नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरूमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो । नेपाली सेनाले कहाँ कहाँबाट बडो दुःख र कष्ट गरी भिडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरू फेला पारे । यस प्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरूले जोगाए।मुलुक जोगाउनमा नेपाली सेनाहरूको ठुलो योगदान छ । नेपाली नागरिकहरूले सेनाहरूले मुलुकप्रति दिएको योगदान र महत्त्वलाई बुझेनन् । नेपाली सेनाहरूलाई मान सम्मान दिन त पर जाओस् नेपाली नागरिकहरू कसैले पनि नेपाली सेनाहरू प्रति सहानुभूति सम्म देखाएनन् ?नेपाली नागरिकहरू स्वार्थी र गुण बिर्सने हुन।गुण भन्ने कुरा एक फेर लगाइन्छ । बारम्बार लगाउन सकिन्न।

एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरूको सही विचार बोक्नेहरूको उठी बास लाग्छ र नेपालमा सही विचार, सही नियत र सही उद्देश्य भएकाहरू टिक्न सक्दैनन् । राम्रो काम गर्ने, सही सिद्धान्त, सही विचार बोक्ने र राष्ट्रवादीहरूको नेपालमा काम छैन । जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय श्री ५ वीरेन्द्र शाह वंश, श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव राष्ट्रवादी हुन ।

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव, श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव र श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहज्यू, तपाइहरू सबैलाई मेरो विनम्र अनुरोध अब शासन सत्ता आफ्नो हातमा लिएर चलाउने साहस नगर्नु होला कसका लागी लिनु हुन्छ । मासु, भात, रक्सीमा बिक्ने नेपाली नागरिकहरूका लागी ? गुण बिर्सने नेपाली नागरिकहरूका लागी ? ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी र अवसरवादी नेपाली नागरिकहरूको लागी ? यदि नेताहरूको कारण मुलुक अफगानिस्तान, सिक्किम, हाइटी र रुवाणडा भए पनि देखा जाला श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव, श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव र श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहज्यू, तपाइहरूलाई यसको परिणाम भुगतन पर्दैन अन्तर्राष्ट्रिय स्तरबाट नै जहाजमा तपाइहरूलाई खानेकुरा र सर सामानहरू उपलब्ध गराई हाल्छन् के को चिन्ता ?

श्री ५ ज्ञानेन्द्र, श्री ५ पारस र श्री ५ हिमानी शाह ज्यु, तपाइहरूलाई नेपाली नागरिकहरूले मान सम्मान र कदर गर्न नजाने पनि अन्तर्राष्ट्रिय स्तर बाट पाउने सम्मानहरूमा कुनै कमी हुने छैन। भीर बाट खस्नेलाई राम राम भन्नु जोगाउन जान सकिन्न भने जस्तै तपाइहरूलाई मात्र मुलुकको चिन्ता किन ?

स्वर्गीय तुलसी गिरीले मलाई नेपाल मुलुक चाहिँदैन भनेर बाहिरी मुलुक जानु भएको थियो नेपाल मुलुक चाहिँदैन भनेर त्यतिकै भन्नु भएको रहेनछ बुझेर नै भन्नु भएको रहेछ तर तुलसी गिरिको ठुलो भुल र गल्ती पुनः फर्केर नेपाल आउनु थियो । नेपालमा कानुनी शासन छैन । यस कारण नेपाल कानुनी शासन भएको मुलुक होइन । राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन ।

तीन करोड नेपाली नागरिकहरू मध्ये प्रधानसेनापति रुक्मांगद कटवाल जस्ता सेनाहरूलाई मुलुकको चिन्ता ? श्री ५ ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्ता ? तीन करोड नेपाली नागरिकहरू मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होला ? बाँकीलाई हात लाग्यो शून्य भने जस्तै छ । हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाऊ भएकोले मुलुकको यस्तै अवस्था रही रहयो भने अफगानिस्तान, सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन ? नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र ?मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेको छ ।

हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो । हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन । नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ ।नेपालमा यो कुरा ठिक छ भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन ? दिनहुँ बेरोजगार युवाहरू विदेशतिर पलायन भई रहेको अवस्था छ ।नेताहरू आफ्नो दुनो कहाँबाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन् ।

नेपाली भएर पनि पी आर लिएर बाहिरी मुलुकमा बस्नु भएको नागरिकहरूलाई मुरी मुरी धन्यवाद र शुभकामना छ । नेपालमा बस्नु श्री ५ ज्ञानेन्द्र सरकारको पनि ठुलो भुल हो।निर्मल निवास बाट श्री ५ ज्ञानेन्द्र मुलुक भ्रमण गर्न बाहिर निस्के पनि नेताहरू तर्सेर थर्कमान भएकै छन् ? श्री ५ ज्ञानेन्द्र मन्दिर दर्शन गर्न हिँडे पनि डराएका छन् ? नेताहरूले श्री ५ ज्ञानेन्द्र बाघ र भालु हो डराउनुपर्ने ? पूर्व राजाको हैसियतमा पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो निवास बाट उपत्यका घुम्न, मुलुकको बाहिरी भू–भाग घुमफिर गर्न र मन्दिर दर्शन गर्न निस्कनु हुँदैन भन्ने कुन मुलुकको संविधानमा छ?पूर्व राजा ज्ञानेन्द्र शाह बुद्ध भगवान् भएकोले चुप लाग्नु भएको छ ? पूर्व राजाले मलाई घुमफिर गर्न र मन्दिरहरू दर्शन गर्न बन्देज र रोकथाम गरिएकोले मेरो मानव अधिकार हनन भएको छ भनेर अन्तर्राष्ट्रिय स्तरमा उजुरी हाल्ने बित्तिकै सबै नेताहरूको बाह्र बज्छ ? यस तर्फ पनि ध्यान दिनुहोला । बोल्न पायो भनेर जे पायो त्यही पूर्व राजा विरुद्ध बोलेका छन् ? पूर्व राजा ज्ञानेन्द्र शाहको धैर्य धारण र मौनतालाई कमी कमजोरी सोच्ने काम कुनै पनि नेताहरूले नगरेको नै बेस हुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन ? पूर्व राजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टाचारले नै बोल्नु भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कहिले प्रधानमन्त्री के.पी.शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले पुष्प कमल दाहालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले बाबुराम भट्टराईले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले माधव कुमार नेपालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले गगन थापाले गाली गरेको र धम्क्याएको सुनेको छु ?कहिले झलनाथ खनालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले मातृका प्रसाद यादवले गाली गरेको र धम्क्याएको सुनेको छु ? पूर्व राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो ?

पूर्व राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवन भरी बस्ने हो भने पूर्व राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट् तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पूजा गरेर राख्छन् । पहिले राजसंस्था र राजसंस्था पछि पूर्व राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन् त्यसपछि हामी नेपाली नागरिकहरूको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ ? हिन्दीमा कहावत छ बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपाली नागरिकहरू छौँ ।

आजसम्म पनि नेताहरू र नेपाली नागरिकहरूको घोचपेच र अपशब्द सहेर बस्ने मुलुक त्याग गर्न नसकेकोमा पूर्व राजा ज्ञानेन्द्रको शाहको रत्तीभर पनि इख नभएको जस्तो लाग्यो ? इख नभएको मानिस र विष नभएको सर्पको के काम ? यस कारण पनि श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव बुद्धको अवतार हुन ।

नेपाली नागरिकहरू राजनीतिक दलका नेताहरू ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छन्।हालमा श्री ५ ज्ञानेन्द्र शाहको आगमन हुने हो भने राजा श्री ५ ज्ञानेन्द्र शाहका कुरा काटनेहरु सबै जना राजाको पछि पछि लाग्ने छन् र राजालाई ठिक भनी राजाको तारिफ गर्न सम्म पछि पर्दैनन् । विगतमा पनि देखिएको नै हो राजा श्री ५ ज्ञानेन्द्र शाहलाई दाम राखी ढोग्न सम्म पछि परेनन् दाम राखी ढोग्न गएका नै हुन ।

अब राजा श्री ५ ज्ञानेन्द्र शाह सत्तामा आउनु मात्र पर्‍यो एमाले, काँग्रेस र माओवादी आदि आदि जस्ता दलहरूका नेताहरू कार्यकर्ताहरू नागरिकहरू सबै राजावादी र राजाका हुन्छन्।तर सत्ता बाहिर भएको बेला श्री ५ ज्ञानेन्द्र शाहको विरोधी भएर कुरा काटेर अवसरवादी चरित्र देखाउँछन् । यस कारणले नेपाली नागरिकहरू अवसरवादी, स्वार्थी मासु, भात र दारुमा बिकाऊ भनेको हो ।

प्रतिक्रिया