अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा’ को गीत

बिआरटीनेपाल २०७८ जेठ २७ गते ६:५४ मा प्रकाशित

धरान । अमेरिकामा बसेर नेपाली सुगम सङ्गीतमा लागिपरेका युवा सङ्गीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन चर्चित गायक रामकृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा ल्याएका छन्। आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उद्देश्यका साथ रेकर्ड गरी म्युजिक भिडियो निर्माण गरिएको सङ्गीतकार तथा गीतकार उमेश रेग्मीले बताए।

दशक अघि उनले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत निकालेका थिए। अहिले भने उनले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रूपमा गीत तयार गरेका छन्।

युवराज बाइवाको निर्देशन तथा निलास पौडेलको छायाङ्कनमा इनरुवाका बिभिन स्थलहरू सहित राम धुनी, देवी थान, लाटी माई, कंस मरण लगायतका मठ मन्दिरहरूको दृश्य समावेश गरिएको छ भने गायक रामकृष्ण ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय हेर्न सकिन्छ । विकास दाहालले सम्पादन गरेको भिडियो सङ्गीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ।

“के देख्यौ सानु तिमीले म भित्र त्यस्तो
गाउँदै हिँड्ने गाउँ सहर म त अल्लारे ठिटो
सुनसरी इनरुवा
घुमेर हेरौँला । “

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया