अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

अनेसास नवरत्न पुरस्कार चयन समिति गठन

बिआरटीनेपाल २०७८ जेठ १२ गते ७:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समर्पणका लागि चयन समिति गठन गरिएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको हो ।

साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन् । चयन समितिले ३१ मेसम्ममा साहित्य, कला , पत्रकारिता र समाज सेवामा सेवारत नौजना महिलाको नाम सिफारिस गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू