अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

दुर्गेश र एन्जल अभिनीत दिलकी रानी सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७८ जेठ ३ गते १०:११ मा प्रकाशित

काठमाडौँ – सुमधुर आवाजका धनी गायक दीपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “दिलकी रानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा र्यापर जेम्स विश्वकर्माको र्‍याप रहेको छ । डी सिरिज युट्युब च्यानल मार्फत सार्बनिक गरिएको “दिलकी रानी” अहिले चर्चामा रहेको छ ।

दीपक पाठकको शब्द तथा सङ्गीत रहेको गीतलाई विश्व अधिकारीले म्युजिक एरेन्ज गरेका हुन् । छायाकार राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाई फिचर्ड गरिएको छ। म्युजिक भिडियोलाई दिव्या शर्मा र बि कौशिकले निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस् :

प्रतिक्रिया