अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

न्युयोर्कबाट उर्मिलाले ल्याइन ‘माया बैगुनी’ (भिडियो)

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ९:४९ मा प्रकाशित

काठमाडौँ । केही महिना अघि गायक यम बराल सँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ कोसेली ‘माया बैगुनी’ सार्वजनिक गरेकी छिन् ।

प्रेमिल शैलीको यस गीतमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार वसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ। पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलीप रायमाझी बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

प्रज्वल पन्तले छायाङ्कन गरेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू