अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

कोरोना नियन्त्रणका लागि एमालेले मातहतका सबै सङ्गठन परिचालन गर्ने

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:२५ मा प्रकाशित

नेकपा एमालेले नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मातहतका सबै सङ्गठन परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसमिति तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ सङ्क्रमितहरूलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको हो ।

जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँगाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको कोभिड व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, खोपलाई विस्तार गर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

कोभिड १९ को सङ्क्रमण बढ्दै गए पनि तत्काल मुलुकभरमा लकडाउन गर्ने पक्षमा सरकार नरहेको उहाँले जानकारी दिनुभयो । सकभर अर्थतन्त्रमा प्रतिकूल असर नपरोस् भन्दै ‘कोरोनाको धेरै प्रभाव देखिएको स्थानमा भने लकडाउन हुनसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू