अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

अस्ट्रेलिया, जापानलगायत पाँच देशका लागि ’नो अब्जेक्सन लेटर’ जारी गर्ने काम स्थगित

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:३९ मा प्रकाशित

नेपाल सरकारले विभिन्न पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य स्थगित गरेको छ। शक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच राष्ट्रका लागि स्वीकृति पत्र जारी गर्ने काम तत्कालका लागि बन्द गरेको हो।

बुधबार एक विज्ञप्ति जारी गर्दै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य स्थागित गरेको जनाएको हो। कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो । विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू