अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

धरहरामा राखियो ३३० केजीकाे गजुर

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ६:३० मा प्रकाशित

पुनर्निर्माण भएको धरहराको टुप्पोमा तीन सय ३० केजी सुनको जलप भएको गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी पूरा गर्न बुधबार धरहरामा गजुर राखिएको हो ।

तीन सय ३० केजीको गजुरमा ९५ तोला तीन लाल सुन रहेको बताइएको छ । गजुर राख्‍नुअईघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गर्नुभएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनर्निर्माण सम्पन्न भएको छ । धरहराको उद्घाटन लोकतन्त्र दिवसको अवसार पारेर वैशाख ११ गते गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू