अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

सार्वजनिक स्थानमा थुक्न नपाइने

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२८ मा प्रकाशित

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा बढेसँगै अब सार्वजनिक स्थानहरुमा जथाभावी थुक्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानहरुजथाभावी नथुक्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले मंगलबार सूचना जारी गरी यस्तो आग्रह गरेको छ ।

त्यस्तै प्रशासनले सर्वसाधारणमा मास्कको अनिवार्य प्रयोग गर्न भन्दै पाँच दिनसम्म उक्त मास्क जथाभावी नफाल्न पनि आग्रह गरेको छ । त्यस्तै विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको छ ।

पिसिआर परीक्षणका लागी स्वाव दिएपछि जथभावी हिँडडुल नगर्न तथा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको आग्रहलाई अटेर गरे कानुबमोजिम कारवाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ । त्यस्तै बसमा चढ्दा मास्क अनिवार्य गरिएकाले मास्क नलगाएका यात्रुले सहभालकसँग किनेर पनि लगाउनुपर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू