अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

अनेसास एसिया समितिले सम्झ्यो पारिजातलाई

बिआरटीनेपाल २०७८ वैशाख ६ गते १५:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ । नयाँ वर्ष २०७८ तथा २८ औँ पारिजात स्मृति दिवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका कविहरूले सिर्जना वाचन गरेका छन् ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्षद्वय बाबा बस्नेत र राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी, सदस्य निजानन्द मल्ललगायतले पनि शुभकामना तथा रचना प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष तथा एसिया समिति संयोजक बाबा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा गुनु घर्ती( मिजोरम), लक्ष्मी भट्टराई अनुरागी, राज लिम्बु, अलि मियाँ, रमेश जोशी (इजरायल), नमराज लामिछाने ( साउदी), प्रेमप्रसाद भट्टराई, सीताराम थापामणि थापा, खेमराज सुवेदी (कतार), चन्द्रप्रकाश गिरी (सिक्किम), गिरिजा गैरे , बिन्दा पराजुली बराल ( जापान), हिमाल अञ्जना, विजय औजी, तिलाचन बस्याल, , अमर खड्का, गोविन्दप्रसाद तिम्सिना (कुवेत), लगायतले शुभकामना तथा सिर्जना वाचन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू