अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव हुने देखियो

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:०३ मा प्रकाशित

चिकित्सकहरूले कोरोना संक्रमितको संख्या बढेसँगै उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने देखिएको जनाएका छन् ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा चिकित्सकहरूले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने देखिएको जनाएका हुन् ।

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले अक्सिजनको आयात रोकिएका कारण अब कोरोनाका बिरामीको उपचारमा नै समस्या हुने देखिएको जानकारी दिनुभयो ।यस्तै बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका निर्देशक डा. चन्द्र मणी अधिकारीले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधि समेत अभाव हुने देखिएको बताउनुभयो । औषधिको आपूर्ति कम हुँदा हाल १० देखि १५ जना बिरामीको मात्र शल्यक्रिया गर्ने औषधि रहेको जानकारी दिनुभयो ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले हाल गत वर्षको जस्तो कोभिडको मात्र बिरामीलाई प्राथमिकतामा राख्नु भन्दा नन कोभिडको बिरामीलाई पनि प्राथमितामा राख्न सरकारलाई सुझाव दिनुभयो । संक्रमण बढे सँगै आईसीयू कक्ष, जनशक्ति र उपचारमा प्रयोग हुने रेमडिसिभर औषधिको समेत अस्पतालमा अभाव भएको बताउनुभयो । समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन, आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू