अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९
| Colorodo: 05:24
नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिएका हुन् ।
बैठकमा माओवादीलाई खबर गरिएपनि नआएको बताउँदै ज्ञवालीले माओवादीका नेताहरु बैठकमा किन उपस्थित नभएको भन्ने बिषयमा थाहा नभएको र माओवादी नहुँदा पनि देशचाहिँ चल्ने दावी गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्दो भएको पनि ज्ञवालकिो भनाई थियो । आजको सर्वदलीय बैठक माओवादीले बहिस्कार गरेको थियो ।