अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ९:०५ मा प्रकाशित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा विमान अवतरण गर्ने अवस्था नभएपछि ४ वटा अन्तर्राष्ट्रिय र ७ वटा आन्तरिक उडानका बिमान डाइभर्ट गरिएको छ ।अन्तर्राष्ट्रियतर्फ साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको बिमान र दिल्लीबाट आएको एयर इन्डियाको बिमान बणारसी पठाइएको थियो ।

यस्तै दोहाबाट आएको कतार एअरवेजको बिमान कोलकात्ता र नेपाल एअरलाइन्सको दिल्लीबाट आएको विमान दिल्ली नै डाइर्भट गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यस्तै देशका विभिन्न स्थानबाट आएका विमानहरु पनि काठमाडौंमा अवतरण गर्ने अवस्था नभएपछि डाइभर्ट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू