अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

गुन्जनको नयाँ गीत सानी भनेर सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:०६ मा प्रकाशित

अमेरिकामा रहेर पनि नेपाली गीत गायनमा सक्रिय गायिका गुन्जन उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ । सानी भनेर बोलको गीतमा गुन्जनलाई साथ दिएका छन् गायक विश्व नेपालीले । गुन्जन उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ । साङ्गीतिक परिवारमा हुर्केकी गुन्जनका पिता तुंग नेपाल सङ्गीतकार एवं गीतकार हुन् यस गीतमा शब्द एवं सङ्गीत तुंग नेपालकै रहेको छ ।

गुञ्जनकी दिदी अन्तरा उपाध्याय पनि गायिका हुन् । अन्तराले केही समय अघि निरमाया बोलको गीत सार्वजनिक गरेकी थिइन् । दिदी बहिनीबाट सञ्चालित आफ्नै यूटुव च्यानल नेपसिस्टरबाट यो गीत सार्वजनिक भएको छ ।

यस गीतको भिडियोमा प्रयास बान्तवा राई र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाई सुरज तमुले निर्देशन गरेका हुन् ।

हेरौँ यो गीतको भिडियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू