अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

सुरज शाही ठकुरीको सङ्गीत र स्वर रहेको गीत “के लेखूँ शब्दमा” सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत २० गते ८:३४ मा प्रकाशित

सुरज शाही ठकुरीको सङ्गीत र स्वर रहेको गीत “के लेखूँ शब्दमा” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रेको छ । आफ्नो प्रेमीकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमा आफ्नो प्रेमिका प्रतिको प्रेमभावलाई दर्साइएको छ । गीतलाई अडियो झैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले तयार गरेको छ ।

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरूपकै भिडियो तयार गरिएको बताए । गीतको शब्दलाई दृश्यमार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौँ, उनले भने । गीतमा लोक प्रिय मोडल निराजन प्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । पछिल्लो समय नायक अनमोल केसीसँग फिल्म पारसमा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो ।

गीतको सार्वजनिक भिडियोमा आज्ञासँग नीराजनको प्रेम भावलाई दर्साइएको छ । एक अर्काप्रतिको प्रेमलाई लिएर भिडियोलाई शान थापाले तयार गरेका हुन् । एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया