अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४
| Colorodo: 20:59
दिल्लीको सफदरजंग अस्पतालमा बुधबार बिहान आगो लागेको छ ।आगो अस्पतालको औषधि विभागमा बिहान ६ बजेर ३५ मिनेटमा लागेको थियो । आगो विस्तारै एच ब्लकका ११ वार्डसम्म फैलिएको थियो ।
त्यस अघि नै आइसीयुमा रहेका ६० बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो नियन्त्रणमा आएको छ ।
अस्पतालका अनुसार आगो लाग्नासाथ सूचना दमकललाई दिएपछि ९ वटा दमकल अस्पतालमा आएर आगो निभाउन सहयोग गरेका थिए । आगोमा परी कोही हताहती नभएको अस्पतालले जनाएको छ ।